इन्द्रबहादुर राई
३-३-१९९२
बंगाल प्रदेश (१९२०) -मा बंगाली, मुस्लिम, मधेसी र नेपाली प्रमुख ब्रिटिश प्रजा थिए। Scheduled Districts Act, 1874 -देखि ‘अनुसूचित जिल्लाहरू’ भनी घोषित भएका र १९२० -देखि ‘छुट्टै क्षेत्र’ (एक्स्क्लुडेड एरिया) भनी घोषित भएका दार्जिलिङ र जलपाइगड़ी जिल्लाहरू थिए बंगालमा नेपालीभाषा इलाका। यस इलाकामा निकैनै संख्यामा आएर बसेका थिए अन्यदेशीयहरू (एलिअन्स्) जो ब्रिटिश सब्जेक्ट्स् थिएनन्। यहूदी, जर्मन, चिनियाँ, अफगानी, आर्मेनियाली आदि अन्यदेशीयहरू थिए यहाँ। पाँच वर्षभन्दा धेर ब्रिटिश भारतमा बसिसकेका अन्यदेशीयहरूले ब्रिटिश प्रजा बन्नचाहे देशीयकरण (न्याचरलाइजेशन) -को निम्ति सरकारमा दर्खास्त गर्नुपर्थ्यो। लाग्ने ऐन थियो : Indian Naturalization Act, 1926.
दर्खास्त मन्जुर गरी देशीयकरणको प्रमाणपत्र स्थानीय प्रादेशिक सरकारहरूले दिनसक्थे, बंगालमा बंगाल प्रादेशिक सरकारले। देशीयकरणको प्रमाणपत्र पाउनसक्नलाई त्यस ऐनमा एउटा मुख्य शर्त यस्तो राखिएको थियो :
3. (1) The Local government may grant a certificate of naturalization to any person who makes an application in this behalf and satisfies the Local Government –
(e) that he has an adequate knowledge of a language which has been declared by the Local Government, by notification in the local Official Gazette, to be a principal vernacular of the province;
बंगालमा त्यस्ता ‘principal vernaculars of the province’ (प्रदेशका प्रमुख भाषा) कुन-कुन थिए?
प्रादेशिक सरकारी घोषणा भयो १९२७ मा –
Notification No. 422 P. Dated 8th January, 1927
As required by Section 3 (1) (e) of the Indian Naturalization Act, 1926 the Governor-in-Council is pleased to declare the following as the principal vernaculars of the province :
(1) Bengali, (2) Urdu. (3) Hindi and (4) Nepali.
Sd./-W.D.R. Prentice,
Chief Secretary (offg.)
to the Government of Bengal.
[द्रष्टव्य :
(१) १३ जनवरी १९२७ -को कलकत्ता गजेट, भाग १, पृष्ठ ८६.
(२) नेपाली साहित्य सम्मेलन पत्रिका, वर्ष १, संख्या २, १९३२]
नेपाली भाषाले प्राप्त गरिसकेको यस महत्तालाई बिर्साई, स्वतंत्र भारतमा १९६१ -मा दार्जिलिङ जिल्लाको पनि सरकारी भाषा बंगला मात्र बनाउन खोज्यो प० बंगालको सरकारले। नेपालीभाषीहरूको संयुक्त आन्दोलन भई यहाँको सरकारी भाषा नेपाली भयो। देशीयकरणको प्रमाणपत्र पाउन अन्यदेशीयहरूले आज आठौं अनुसूचीमा भएको कुनै एक भाषा जानेको हुनुपर्छ नेपाली भाषाको खोसिएको त्यो महत्त्व पुनर्प्राप्त हुनेछ भारतमा नेपाली भाषाले संवैधानिक मान्यताए पाएर। प्राप्त हुनेछ सर्वभारतीय तहमा।
The article has been republished here with permission from the editors of Indra Sampurna.

