THE KAKU

उमर खैयामका रूबाई

अगमसिहं गिरी

Amar Singh Giri is perhaps one of the most difficult modern Nepali poets when it comes to the endeavour of translating. Here is his attempt at translating Omar Khayyam, albeit a Bhavanuwad. This was not published during his lifetime, it was recovered while editing his oeuvre titled ‘Agam Singh Giri Rachanavali’, which was published by Nirman Prakashan.

File:Omar Khayyam2.JPG
Omar Khayyam (Image: Wikipedia)

(भावानुवाद)

(एक)

जाग प्रिये ! अब प्रातः गगनको सुरभित आँगननेर
बालक रविको स्वर्गिक कौतुक आज मनोहर हेर
गगन – सितारा लुप्त भएछन् प्राची झलमल पारी
प्रातः मनोहर अरुण – किरणले लिपियो राज-अटारी।

(दुइ)

शेष रहेथ्यो केवल अलिकति नीरव रात- व्यतीत
स्वप्न-जगत्मा कोही करायो मदिरालयको बीच-
“हलुका करले भरपूर पार कोमल हँसिली बाला
जोवन -फूल झरी जानु पहिले रित्तो मदिरा – प्याला।

(तीन)

दुइ घुट मदिरा पिईसकेथें गुज्यो कर्ण-कुहार
कोही करायो लौन उघार मधुशालाको द्वार
चार घड़ीको जोबन छोटो किञ्चत नगर देरी
झरी गएको जोबन यहाँ आउँछ कहाँ र फेरी।

(चार)

हात पर्यो जे मौज उड़ाऊ जीवनमा दिन तीन
अन्तिम दिनमा हुन्छन् सब यी अनन्तमा नै लीन
अन्त समयमा जान्दछ कसले होला कहाँ खैयाम
सुरा संगीत बिन प्रणयिणी जीवनको अभियान ।

(पाँच)

हाम्रा संगका साथी जो थे, प्रियतम आज देख्तैन
जीवन-मधुरस मग्न पिएर सुतिरहेका छन् ती मौन
आज तिनैका माटामाथी तिमी-म’ खेल्छौं खेल
खेल्लान् हाम्रा माटा माथी अज्ञात कसैले खेल।

(छ)

आज तिनै यो भूमि -शैय्यामा ढुङ्गा -माटाहरूका बीच
चिर निन्द्रामा सुतीरहेछन् छोड़ी दुःख -सुख प्रीत
बनका पशु- पद ठोकर खाई नींद टुटने तिनको
उपवन वरपर काँढा उम्रे अङ्ग फुटेन तिनको।


The text has been republished here with permission from the editors of Agam Singh Giri Rachanavali.